काठमाडाैं । नेपाली कांग्रेसका सांसद् वीरबहादुर बलायरले देशकाे प्रगतिका लागि सबै दल सच्चिन जरुरी रहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् बलायरले भन्नुभयाे - 'सबैले सच्चिन जरुरी छ, नयाँ शिराबाट मुलुककाे प्रगति र आर्थिक उन्नतिका लागि सबै सच्चिन जरुरी छ ।'
देशकाे अर्थतन्त्र संकटमा रहेका बेला सबै मिलेर अघि बढ्नुकाे विकल्प नभएकाे उहाँले बताउनुभयाे । पुराना र नयाँ दल सबैले सच्चिन जरुरी रहेकाे सांसद् बलायरले बताउनुभयाे । व्यवसायी पीडित हुने, सरकार र जनता अप्ठेराेमा पर्ने र बैंक नाफामा जाने अवस्था रहेकाे भन्दै उहाँले याे समस्या समाधान हुनुपर्ने बताउनुभयाे ।
संविधानकाे सफल कार्यान्वयनका लागि काम गर्न सरकारकाे ध्यानाकर्षण गराउँदै बलायरले संविधानमाथि घात हुने काम नगर्न सचेत गराउनुभयाे ।
सुदूरपश्चिमममा लाेकतन्त्रकै उपहास हुने गतिविधि भएका सांसद् बलायरले बताउनुभयाे । सुदूरपश्चिम सरकारले विश्वासकाे मत पाउन नसकेकाे समेत उहाँले बताउनुभयाे ।
सुदूरपश्चिममा मेडीकल कलेज सुचारु गर्न,फास्ट ट्रयाककाे काम थाल्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
