काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयाेगकाे २२ औं वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले 'राष्ट्रिय मानव अधिकार आयाेगकाे २२ औं वार्षिक प्रतिवेदन (आ.व ०७८-०७९)' पेस गर्नुभएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट मन्त्री शर्माले साे प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त गृह मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ताेकिएकाे सम्बन्धी पत्रकाे ब्यहाेरा पढेर सुनाउनुभएकाे थियाे । प्रतिनिधि सभाकाे बैठक माघ २२ गते बस्नेगरी स्थगित भएकाे छ ।
