काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभामा विपक्षी दलकाे काम सत्ता पक्षका सांसद्ले गरिरहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रतिनिधि सभामा विपक्षी दलको काम सत्तापक्षको सांसदले गरिरहेकाले कांग्रेसलाई सञ्चो भइरहेको बताउनुभयो ।
वर्तमान सरकारबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्ने अवस्था नदेखिएको सांसद् लेखकले बताउनुभयाे । 'प्रतिनिधि सभाभित्र हामीलाई सञ्चाे भएकाे छ, हाम्राे काम पनि उहाँहरुले गरिदिनुभा छ, विपक्षी दलकाे काम पनि सरकार पक्षले गरिदिएपछि हाम्राे काम पनि हल्का भएकाे छ'- उहाँले भन्नुभयाे ।
