काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ ।
दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गर्न सकिने संघीय संसद् सचिवालयले जनाएकाे छ । उम्मेदवारकाे सूची आजै अपरान्ह सवा ४ बजे प्रकाशन हुनेछ ।
राष्ट्रिय सभाकाे उपाध्यक्ष चयनका लागि माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुनेछ ।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल ०७८ फागुन २० गते सकिएको थियो । त्यसपछि साे पद रिक्त थियाे । पद रिक्त भएकाे करिब १ वर्षपछि चुनाव हुन लागेकाे हाे ।
