काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा बोल्दै गर्दा कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउनु भएकाे छ ।
प्रतिनिधि सभाको आजकाे बैठकमा विशेष समय लिएर अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले तय गरेको न्यूनतम साझा कार्यक्रमको चर्चा गर्दै गर्दा उक्त विषयलाई खण्डन गर्दै सांसद खतिवडाले सरकारले ल्याएको भन्ने कार्यक्रम संसद्मा नदेखेकोले त्यस्ता विषयको चर्चा नगर्न आग्रह गर्नुभएकाे थियाे ।
‘सम्माननीय पूर्व प्रधानमन्त्रीले न्यूनतम साझा कार्यक्रमबारे बोल्नु भयो। यो संसद् चलिरहेको छ। चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार, रुप र कागज देख्न पाएका छैनौं' सांसद खतिवडाले भन्नुभयाे- 'त्यसकारण कुनै बादर्लीमा ल्याएको कार्यक्रम यहाँ प्रस्तुत नगरियोस् भन्न चाहान्छु ।’
