काठमाडाैं । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताउनु भएको छ ।
संघीय संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव गुरुङले सत्ता साझेदार दलबीच एमालेलाई राष्ट्रपति दिने सहमति यसअघि नै भइसकेकाले एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने बताउनुभयाे ।
एमालेका उम्मेदवारमै राष्ट्रिय सहमति खाेज्नुपर्ने उहाँले बताउनुभयाे । उपमहासचिव गुरुङले भन्नुभयाे - 'गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि, गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो, त्यसैमा राष्ट्रिय सहमतिको खोजि गर्ने हो, राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलबीचको सहमतिमा हुन्छ नि ।'
आफू भने राष्ट्रपतिकाे दाैडमा नरहेकाे उहाँले बताउनुभयाे ।
