काठमाडाैं । प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिहरुकाे छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयाेगसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस भएको हाे । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खाँनले मन्त्रिपरिषद्बाट जारी भएको सो आदेश पेस गर्नुभएको हो ।
आदेशमा आयोगको कार्यविधि म्याद आगामी असार मसान्तसम्म थप गर्ने विषय उल्लेख छ । आयोगको म्याद गत असोज मसान्तसम्म मात्र थियो । गत साउन २८ गते सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको जानकारी सदनलाई गराउनुभएकाे थियाे ।
