काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११:५९ बजे बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिकाे कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यकाे कार्यभार ताेकिएकाे सम्बन्धी पत्रकाे ब्यहाेरा जानकारी गराउनुहुनेछ ।
आजकाे बैठकले राष्ट्रिय सभा उपाध्यक्ष पनि चयन गर्ने कार्यसूची छ । बैठकमा भाैतिक पूर्वाधार मन्त्री समेत रहनुभएका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले उर्मिला अर्याललाई राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । साे प्रस्तावलाई देवेन्द्र दाहाल र खिमलाल देवकाेटाले समर्थन गर्नुहुनेछ ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले साे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । राष्ट्रिय सभा उपाध्यक्षमा अर्यालकाे मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विराेध निर्वाचित भइसक्नुभएकाे छ ।
हेर्नुस् कार्यसूची:
