काठमाडाैं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएकाे छ ।
राष्ट्रपति कार्यालयमा आयोजित शीतल निवासमा मंगलबार आयाेजित एक समाराेहबीच अर्यालले शपथ लिनुभएकाे हाे । राष्टपति विद्यादेवी भण्डारीकाे उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ गराउनुभएकाे हाे ।
शपथ ग्रहण समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतकाे उपस्थिति थियाे ।
शपथ लगत्तै अर्यालले पदभार पनि ग्रहण गरिसक्नुभएकाे छ । साेमबार बसेकाे राष्ट्रिय सभा बैठकबाट अर्याल निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि ब वर्षदेखि उपाध्यक्षको पद रिक्त थियाे ।
