काठमाडाैं । सुदूरपश्चिम प्रदेश सभाकाे बैठक सारिएकाे छ ।
बुधबार दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक विशेषकारणबस स्थगित भएकाे प्रदेश सभा सचिवालय सूचनामार्फ जानकारी दिएकाे छ । अब प्रदेश सभाकाे बैठक बिहीबार दिउँसाे १ बजे बस्ने सूचनामा उल्लेख छ ।
आजकाे बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची थियाे । मुख्यमन्त्री रावलकाे आग्रह अनुसार बैठक सारिएकाे बताइएकाे छ ।
मुख्यमन्त्री रावलले विश्वासको मत पाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । तर साे पार्टीले आफ्ना माग पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने बताउँदै आएकाे छ ।
