काठमाडाैं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रकाे सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएकाे छ ।
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुधबार विज्ञप्ति जारी गर्दै साे जानकारी दिनुभएकाे हाे । आफू आबद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता तथा सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनिय बनाउन पार्टीका सबै जिम्मेवारीबाट अलग भएकाे अर्यालले उल्लेख गर्नुभएकाे छ ।
उहाँ माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विराेध निर्वाचित हुनुभएकाे थियाे । राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले माघ २४ गते पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे थियाे ।
