काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले संघीय संसद् भवनभित्रै पत्रकार भेटघाट कक्ष बनाउनुपर्ने बताउनुभएकाे छ ।
बुधवार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उपाध्यक्ष नेम्वाङले पत्रकारहरुले दु:ख पाएकाे भन्दै पत्रकार भेटघाट कक्ष बनाउनुपर्ने प्रस्ताव राख्नुभएकाे हाे । साे कुरा नियमावलीमै राख्नुपर्ने समेत उहाँले बताउनुभयाे ।
उपाध्यक्ष नेम्वाङले पत्रकारहरूले संसद् भवनकाे मूल गेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'उहाँहरु गेटभन्दा बाहिर क्यामेराको स्ट्याण्ड लगाएर बन्दुक तेर्स्याएर बसेको जस्तो लाग्ने, उहाँहरु क्यामेरा र स्याण्ड लिएर कुदिरहनुपर्ने, अलि कस्तो-कस्तो लाग्दो रहेछ त्यो, त्यसकारण प्रेस मिटका लागि एउटा भव्य काेठा बनाऔँ न,जहाँ केही पर्याे माननीयज्यूहरु पनि जानुहुन्छ, दलका नेताहरु जानुहुन्छ,पत्रकार साथीहरु पनि त्यहाँ बस्नहुन्छ,एउटा नियम राखेर याे व्यवस्था गराैं ।'
