काठमाडाैं । सुदूरपश्चिम प्रदेशकाे प्रदेश सभाको बैठक सुरु भएको छ ।
अपरान्ह ४ बजेका लागि बाेलाइएकाे बैठक केही ढिला सुरु भएकाे हाे । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ ।
बैठकलाई अहिले मुख्यमन्त्री रावलले सम्बाेधन गरिरहनुभएकाे छ । प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै उहाँले सदूरपश्चिमकाे नयाँ पहिचान बनाउनुपर्ने बताउनुभयाे । अहिले पनि सुदूरपश्चिमलाई मुक्तकमैया, देउकी र छाउपडी प्रथा भएकाे प्रदेशका रुपमा चर्चा गर्नु दु:खद भएकाे बताउनुभयाे ।
