काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनुभएको छ ।
मुख्यमन्त्री रावल पदमुक्त भएसँगै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।
प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि रावल नियुक्त भएको ३० दिनमै पदमुक्त हुनुभएको हो ।
विश्वसको मत पाउँ भनि रावलले पेश गरेको प्रस्तावको हुन्न भन्ने सांसद्काे संख्या अधिक भएपछि रावल पदमुक्त हुनुभएकाे छ ।
आज बसेको प्रदेश सभामा रावलले पाएकाे विश्वासको मतलाई सभामुखले निर्णयार्थ पेस गर्दै बहुमत सांसदको समर्थन नपाएसँगै बताउनुभएकाे थियाे ।
यसअघि गएको पुस २७ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
