काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
दिउँसाे ३ बजे दुवै सदनकाे संयुक्त बैठक बसेपछि साँझ दुवै सदनकाे बैठक छुट्टाछुट्टै बस्न लागेकाे हाे । संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बाेधन गर्नुहुने कार्यसूची छ ।
साँझ ५ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेरसुनाउनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्नुहुनेछ । सभामुख घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुने ।
बैठकमा 'अनुगमन तथा मुल्यांकन विधेयक, २०७६', 'अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७' र 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबलु गरिने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
यस्तै राष्ट्रिय सभाकाे बैठक पनि साँझ ५ बजेर १७ मिनेट जाँदा बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्नुहुनेछ । बैठकमा सांसद् गंगाकुमारी बेलबासेले राष्ट्रपतिबाट भएको सम्बोधनको लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
