काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसाैदीले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
उहाँले शुक्रबार दिउँसाे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे ।
माघ २५ गते लुम्बिनी प्रदेश सभामा भएकाे उपचुनावबाट एमालेका दसाैदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
