काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले अघि सारेकै व्यक्ति राष्ट्रपति हुने बताउनुभएकाे छ ।
नयाँ राष्ट्रपति काे बन्छ भन्नेबारे संघीय संसद् भवन परिसरमा शुक्रबार सञ्चारकर्मीले साेधेका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष ओलीले त्यसाे भन्नुभएकाे हाे । अबको नयाँ राष्ट्रपति को आउँछ नि ? भन्ने सञ्चारकर्मीकाे प्रश्नमा उहाँले भन्नुभयाे - 'हामीले जो भन्छौं, त्यही आउँछ ।'
सुदूरपश्चिम प्रदेश सरकार ढलेसँगै केन्द्र सरकार पनि ढल्न लागेको हो भन्ने सञ्चारकर्मीकाे प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयाे - 'हेर्दै जाउँ ।'
राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधन राम्रो रहेको पनि उहाँले बताउनुभयाे । राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसाे संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गर्नुभएकाे थियाे ।
