काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताउनुभएको छ ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् शर्माले राजनीतिक व्यक्ति भन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको बताउनुभयो ।
उहाँले राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने र गठबन्धनबाटै राष्ट्रिय सहमति खोजिने बताउनुभयाे । उहाँलेअहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको पनि दाबी गर्नुभयाे ।
माओवादी केन्द्रकै अर्का सांसद् महेन्द्रबहादुर शाहीले भने भविष्यमा हुने दुर्घटना रोक्नका लागि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावना बढी रहेको बताउनुभयो । सामाजिक सेवामा काम गरेको, मुलुकप्रति प्रतिबद्ध हुनेलाई राष्ट्रपति बनाउनुपर्ने उहाँले बताउनुभयाे ।
