काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (०७८ साउन-०७९ असार)' पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले आर्थिक वर्ष ०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद् कर्मा घलेको निधनमा शाेक प्रस्ताव पेस गर्नुहुनेछ । घलेको ५९ वर्षको उमेरमा ०७९ माघ २४ गते महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियाे ।घले ०७४ काे चुनावमा समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
