काठमाडाैं । थारु आयाेगकाे प्रतिवेदन प्रतिनिधि सभामा पेस भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल माेदीले 'थारु आयोगको चौथो वार्षिक प्रतिवेदन (०७८ साउन-०७९ असार)' पेस गर्नुभएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट मन्त्री माेदीले साे प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
