काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा चालु आर्थिक वर्ष २०७९-८० काे बजेकाे अर्धवार्षिक समीक्षा पेस गर्दै अर्थमन्त्री शर्माले साे लक्ष्य पूरा नहुने बताउनुभयाे ।
अर्थतन्त्रमा क्रमश: सुधार हुँदै गएपनि साे लक्ष्य हासिल गर्न चुनाैतपूर्ण रहेकाे उहाँले बताउनुभयाे । पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्नसक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्यअनुसार नहुने अर्थमन्त्री पाैडेलले बताउनुभयाे ।
आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परि देशको अर्थतन्त्र चरम दबाबमा रहेको उहाँले बताउनुभयाे ।
राजस्व संकलनमा आएको न्यनूनताले चालु आर्थिक वर्षकाे बजेटका लक्ष्य हासिल गर्न नसकिने देखाएकाे पनि अर्थमन्त्री पाैडेलले बताउनुभयाे ।
