काठमाडौं । प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले सर्वोच्च अदालत अस्तव्यस्त भएको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले सर्वोच्च अदालत एक वर्षदेखि कामु नेतृत्वमा चलेको बताउनुभयो । ‘यसले पर्ने मनोवैज्ञानिकदेखि संस्थागत असर प्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्दछ’, उहाँले भन्नुभयो ।
पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको महाभियोग प्रस्ताव अहिलेसम्म निराकरण नहुनु पनि दुखद भएको उहाँले बताउनुभयो । सो विषयमा आवश्यक निर्णय दिनु पर्ने केसीले बताउनुभयो । संविधानवादको रक्षा र विधिको पालनाको लागि सो विषयलाई टुङ्ग्याउनु पर्ने उहाँले बताउनुभयो ।
