काठमाडाैं । नेकपा एमालेका सांसद् सूर्य थापाले बालाजु घटनाबारे सदनलाई जानकारी गराउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् थापाले बालाजुकाे गाेंगबु क्षेत्रमा भएकाे लुटपाट र आगजनीबारे गृहमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'बालाजुकाे गाेंगबु क्षेत्रमा भएकाे आगजनी र लुटपाटबारे के भएकाे हाे ? गृहमन्त्रीलाई याे सदनमा घटनाकाे विवरण जानकारी गराउन माग गर्छु,यसमा सदन बेखबर बस्न मिल्दैन ।'
