काठमाडाैं । सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले 'सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' पेस गर्नुभएकाे हाे ।
त्यसअघि साे विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपा सांसद् प्रेम सुवालले राख्नुभएकाे विराेधकाे सूचना बैठकमा बहुमतले अस्वीकृत भएकाे थियाे ।
