काठमाडौं । सभामुख देवराज घिमिरे र जर्मन संसद्काे साउथ एसिया समूहका रिनाटे कुनास्टासहितकाे टाेलीबीच भेटवार्ता भएकाे छ ।
सिंहदरबारस्थित सभामुख कार्यालयमा साेमबार उहाँहरुबीच भेटवार्ता भएकाे हाे । जर्मन संसद्काे समूहबीच भएकाे भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध लगायत विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
भेटमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज पनि सहभागी हुनुभएकाे थियाे ।
