काठमाडाैं । राष्ट्रिय सभाकाे दिगो विकास तथा सुशासन समितिले आगामी शैक्षिकसत्रदेखि देशका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएकाे छ ।
साेमबार बसेकाे समितिकाे बैठकमा समिति सभापति प्रकाश पन्तले आगामी शैक्षिकसत्रदेखि देशका सबै विद्यालयलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको हाे ।
सम्बन्धित निकायका पाठ्यपुस्तक उपलब्धताका सुनिश्चितताका समस्या स्पष्ट पारे सरोकारवाला पक्षसँग समन्वय गरी समस्या समाधान गर्न समिति तयार रहेकाे भन्दै उहाँले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयाे ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले शैक्षिक क्षेत्रको सुधारमा संघीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ ऐन ल्याउन जरुरी रहेकाे बताउनुभयाे ।
