काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्र बहादुर केसीले 'प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९' पेस गर्नुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री ध्रुवबहादुर प्रधानले 'सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिंग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
