काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका सांसद् गंगाराम चाैधरीले रेशम चाैधरीलाई रिहा गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् चाैधरीले सरकारले रेशम चाैधरीलाई रिहा गर्ने आश्वसानमात्र दिएकाे बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघीसम्म रिहा गर्ने आश्वासन दिएपनि अझै पूरा हुन नसकेकाे उहाँले बताउनुभयाे । 'नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रधानमन्त्रीले माघी उपहार दिन्छौं भन्नुभएको थियो, तर माघी बितेर होली आइसक्यो, अझैं हामीले सोचेको र आशा गरेको पाएनौं'- गंगारामले भन्नुभयाे ।
लाल आयाेगकाे प्रतिवेदन सार्वजनिक गर्न आफूहरुले पटक-पटक ध्यानाकर्षण गराइएपनि प्रधानमन्त्री प्रचण्डबाट लाल आयाेगकाे प्रतिवेदनबाट धारणा नआएकाेमा उहाँले असन्तुष्टि बताउनुभयाे । आयाेगकाे प्रतिवेदन सार्वजनिक नभए सदन अवरुद्ध गर्ने चेतावनी समेत सांसद् चाैधरीले दिनुभयाे । उहाँले भन्नुभयाे - 'अब हामी बाध्य हुनेछौं सदन विरुद्ध, आजैदेखि सदन विरुद्धको तयारीमा छौं ।'
सांसद् चाैधरीले थारु आरक्षण काेटा सम्बन्धी सर्वाेच्चकाे अदालतकाे आदेश कार्यान्वयन गर्न पनि माग गर्नुभयाे ।
