काठमाडौं । नागरिक उन्मुक्तिका सांसद् अरुणकुमार चाैधरीकाे निलम्बन फुकुवा भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले अरुण चाैधरीले आममाफी पाएको सम्बन्धी गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएकाे हाे ।
चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते आममाफी दिनुभएकाे थियाे । त्यसपछि उहाँ रिहा हुनुभएकाे थियाे ।
चाैधरी मंसिर ४ गते सम्पन्न चुनावमा कैलाली निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
