काठमाडाैं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ सदनमा पेस भएकाे छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा नियमावली मस्यौदा समितिका अध्यक्ष चित्रबहादुर केसीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रतिनिधि सभाले बैठकको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि २१ सदस्य रहेको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो ।
समितिलाई १५ दिनको समयवधि तोकिएको थियो । समितिले गत माघ ११ गते नियमावली मस्यौदालाई अगाडि बढाउने सम्बन्धमा अन्तरसंवाद गरेको थियो । समितिको पहिलो बैठक माघ १३ गते बसेको थियो ।
बैठकले 'सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिंग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' माथि विचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।
