काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन दर्ता गराउने बताउनुभयाे । सत्ता गठबन्धनमा पुस १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने उहाँले प्रष्ट पार्नुभयाे ।
अरु घटनाक्रममा विषयमा आफूलाई केही जानकारी नभएको समेत अध्यक्ष ओलीले प्रष्ट पार्नुभयाे ।
राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।
