काठमाडाैं । नेकपा एमालेका सांसद् छविलाल विश्वकर्माले देशकाे राजनीतिमा विश्वासकाे संकट परेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सचिव समेत रहनुभएका सांसद् विश्वकर्माले देशकाे राजनीतिमा विश्वासकाे संकट देखिएकाे बताउनुभयाे ।
आसन्न राष्ट्रपति चुनावका विषयमा भइरहेका राजनीतिक गतिविधितर्फ लक्षित गर्दै उहाँले विश्वासले समेत लज्जावाेध गर्ने अवस्था आएकाे बताउनुभयाे ।
सांसद् विश्वकर्माले भन्नुभयाे - 'भनिन्छ विश्वासमा नै दुनियाँ टिकेकाे हुन्छ, तर हाम्राे राजनीतिमा नियाल्दाखेरी त्याे विश्वास संकटमा परेकाे छ, लाग्छ मानाैं याे अभ्यासका क्रममा हामीले याे विश्वासलाई विद्रुप्त बनाउन खाेजिरहेका छैनाैं ? प्रश्न उठिरहेकाे छ, विश्वासमा यदि जीवन हुन्थ्याे भने विश्वासले हामीतिर फर्केर लज्जाबाेध गर्थ्याे हाेला, तर हामी निर्लज्ज भइसकेका छाैं बानी परिसकेकाे छ, याे अभिशप्त परिस्थितिबाट हामी कहिले माथि उठ्न सकाैंला ?'
उहाँले सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्या समाधान गर्न समेत सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
