काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा सांसद्ले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सांसद्ले शून्य समय र विशेष समयमा उठाएका प्रश्नकाे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे - 'शून्य समय र विशेष समयमा मान्य सदस्यहरूबाट उठाइएका सवालमा सदनमा जवाफ दिन सरकारलाई म निर्देशन गर्दछु ।'
आफूहरूले उठाएका विषयको जवाफ सरकारले नदिएको भन्दै सांसद्हरुले रुलिङ गर्न सभामुख घिमिरेसमक्ष आग्रह गरेका थिए । सांसद्हरूको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई रुलिङ गर्नुभएकाे हाे ।
