काठमाडाैं । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकले सांसद् रहमानकाे निधनप्रति शाेक प्रस्ताव पारित गरेकाे हाे । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएकाे शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य रहनुभएकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो । उहाँ समानुपातिक सांसद् हुनुहुन्थ्याे ।
दिवंगत सांसद रहमानको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रिय सभाको अर्को बैठक फागुन १५ गते दिउँसो १२ बजेर ३१ मिनेट बस्नेगरी स्थगित भएकाे छ ।
