काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि एउटा मात्र सम्भावित कार्यसूची तय गरिएकाे छ । बैठकले सांसद् शहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।
जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य रहेकी रहमानको हृदयाघातका कारण फागुन १३ गते निधन भएको थियो ।
