काठमाडाैं । प्रदेश-१ काे प्रदेश सभा बैठक आज बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा प्रदेशकाे नामाकरणसम्बन्धी प्रस्ताव पेस हुने बताइएकाे छ । प्रदेश सभा बैठकअघि सर्वदलीय बैठक बस्दैछ ।
पहिलो कार्यकालमा प्रदेशको नाम टुंग्याउन नसकेको प्रदेश-१ प्रदेश सभाले दोस्रो कार्यकालको पहिलो अधिवेशनमा नामाकरणलाई विशेष प्राथमिकतामा राखेकाे छ । देशका ७ प्रदेशमध्ये ६ वटा प्रदेशले यसअघि नै नाम टुंगाे लगाइसकेका छन् ।
