काठमाडौं । प्रदेश १ को नाम किरात–लिम्बुवान–सगरमाथा राख्ने अर्को प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले किरात-लिम्बुवान-सगरमाथा नाम राख्ने प्रस्ताव दर्ता गराउनुभएको हो । यस अघि आजै नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव सचिवालयमा दर्ता गराउनुभएको थियो । सोही प्रस्तावको पक्षमा मतदान गर्ने माओवादीले समेत निर्णय गरेको छ ।
प्रदेश सभामा एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ जना सांसद् प्रदेश १ मा छन् । एमाले, कांग्रेस र माओवादी एक ठाउँमा उभिएपछि प्रदेशको नाम अनुमोदन गर्न आवश्यक दुई तिहाइ बढी मत पुग्छ ।
