काठमाडाैं । प्रदेश-१ काे नाम काेशी राख्ने प्रस्तावमाथि संशोधन प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सभा बैठकमा 'काेशी प्रदेश' नाम राख्ने प्रस्तावमाथिकाे छलफल सकिएपछि सभामुख बाबुराम गाैतमले संशोधन प्रस्तावका लागि दुई घण्टा समय दिनुभएकाे थियाे ।
साे समयमा काेशी प्रस्तावमाथि एउटा संशाेधन प्रस्ताव दर्ता भएकाे छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले संशोधन प्रस्ताव दर्ता गर्नुभएकाे हाे ।
अहिले प्रदेश सभा बैठक सुरु भएकाे छ । बैठकमा साे संशाेधन प्रस्तावमाथि छलफल सुरु भएकाे छ ।
