काठमाडाैं । सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गर्नुभएकाे छ ।
अन्तर व्यवस्थापिका संघको १ सय ४६औं बैठकमा भाग लिन सभामुख घिमिरे शुक्रबार साँझ बहराइन प्रस्थान गर्नुभएकाे हाे ।
फागुन २७ गतेदेखि चैत २ गतेसम्म बहराइनको मानामामा सञ्चालन हुने साे बैठकमा सहभागी हुन सभामुख घिमिरे ९ सदस्यीय टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्नुहुनेछ । सभामुखमा निर्वाचित भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।
सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका राष्ट्रिय सभा सदस्य इन्दु खकडरीया, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधि सभाका सचिव गोपाल योगी सहभागी हुनुहुन्छ ।
