काठमाडाैं । नेकपा एमालेका सांसद् लिलानाथ श्रेष्ठले वर्तमान सरकार गैरजिम्मेवार बनेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले जनतालाई राहत दिनुकाे साटाे उल्टै महंगीकाे पीडा दिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'मलकाे मूल्य किसानले थेग्नै नसक्नेगरी, दूधकाे मूल्य पनि बृद्धि गरेकाे छ, याे सरकार जनतालाई राहत दिनुकाे साटाे महंगी बढाएकाे छ याे सरकार जिम्मेवार सरकार हाेइन गैरजिम्मेवार सरकार हाे ।'
सांसद् श्रेष्ठले तत्काल महंगी नियन्त्रण गरेर जनजिविकाका सवालमा गम्भीर हुन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'यदि जनताप्रति उत्तरदायी छ भने तत्काल महंगी नियन्त्रण गराेस्, यसप्रति ध्यान देहाेस् ।'
