काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेस भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा साे विधेयक पेस भएकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साे विधेयक पेस गर्नुभएकाे हाे ।
त्यसअघि विधेयकमाथि सांसद् प्रेम सुवालले राख्नुभएकाे विरोधको सूचना बैठकबाट बहुमतले अस्वीकृत भएको थियो ।
