काठमाडाैं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेस भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा साे विधेयक पेस भएकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साे विधेयक पेस गर्नुभएकाे हाे ।
त्यसअघि विधेयकमाथि सांसद् ज्ञानेन्द्रबहादुर शाहीले राख्नुभएकाे विरोधको सूचना बैठकबाट बहुमतले अस्वीकृत भएको थियो ।
