काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिकहरूको छानबिन गर्ने सम्बन्धी संशोधन विधेयक मानवअधिकार उल्लंघनको घटनामा संलग्नलाई उन्मुक्ति दिने नियतका साथ ल्याएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले हत्याको घटनामा संलग्न मानिसलाई समेत माफी दिने गरी विधेयक ल्याइएको बताउनुभयो । मानवीय कानुन विपरीत गरिएका जुनसुकै अमानवीय कार्यमा संलग्न मानिसलाई खुल्ला रूपमा माफी दिने व्यवस्था विधेयकमा गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘फौज्दारी कसुरको अपराधमा सजाय घटाउन पाइँदैन’, उहाँले भन्नुभयो ।
संसारको कुनै पनि देशमा फौज्दारी कसुरमा माफी दिने व्यवस्था नभएको उहाँले प्रष्ट पर्नुभयो । त्यसैले मेलमिलापको नाममा मानवता विरोधी अपराधीलाई माफी दिन नसकिने उहाँले बताउनुभयो ।
