काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरि७२योस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकबाट साे प्रस्ताव स्वीकृत भएकाे हाे । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीकाे तर्फबाट रमेश लेखकले 'प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दै साे प्रस्ताव सर्वसम्मतीले स्वीकृत घाेषणा गर्नुभयाे । साे प्रतिवेदनमाथि संशाेधन राख्न चाहाने सांसद्ले विधेयक शाखामा संशाेधनकाे सूचना दिन सक्ने जानकारी गराउनुभयाे ।
उहाँले भाेलि दिउँसाे १ बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिनुहुने जानकारी पनि बैठकलाई गराउनुभएकाे थियाे ।
