काठमाडाैं । नेकपा एमालेकी सांसद् रणकुमारी बलम्पाकी मगरले जनता आवास कार्यक्रमलाई निरन्तरता दिन सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् मगरले एमालेले थालेकाे साे कार्यक्रमलाई निरन्तरता दिन माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'एमालेकाे सरकार हुँदा जनता आवास कार्यक्रममार्फत गरिब तथा विपन्न परिवारका लागि सयाैं घर बनाएकाे थियाे, त्यस कार्यक्रमलाई निरन्तरता देओस् भनि सभामुखमार्फत सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।'
सिन्धुली जिल्लामा कमला नदीले जमिन कटान गरिरहेको भन्दै सांसद् मगरले वैज्ञानिक किसिमले तटबन्धनका लागि बजेट छुट्याउन समेत सरकारसँग माग गर्नुभयाे ।
