काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठककाे सुरुमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुनेछ ।
बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिका सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८-७९ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् भुवन बहादुर सुनारले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
