काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासकाे मत लिँदै हुनुहुन्छ ।
दिउँसाे ३ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
