काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सरकार त्रिभुवन विश्वविद्यालयको सुधारमा गम्भीर नभएको बताउनुभएकाे छ ।
बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद् देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारका लागि गरिएका प्रयासका चित्कारका समाचार सञ्चार माध्यममा निरन्तर आएको भएपनि सरकार त्रिविकाे सुधारका लागि गम्भीर नभएको बताउनुभयाे ।
'उच्च शिक्षाको ८०-८५ प्रतिशत विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो, त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्ययोजना ल्याउन सरकार समक्ष जोडदार माग गर्दछु'- उहाँले भन्नुभयाे ।
पाेखराकाे फेवाताल आजपासकाे जग्गा अतिक्रमणबारे तयार पारिएकाे प्रतिवेदन सार्वजनिक गर्न र साे क्षेत्र संरक्षणकाे उचित याेगजा ल्याउन पनि सांसद् देवकाेटाले सरकारसँग माग गर्नुभयाे ।
