काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनुहुने भएको छ ।
दिउँसाे १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कम्कट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । यसअघि बुधबार विश्वासकाे मत लिने भनेर बैठक बाेलाइएकाेमा नेपाली कांग्रेसका सांसद् अनुपस्थित हुने भएपछि बैठक स्थगित गरेर आजका लागि बाेलाइएकाे हाे ।
कांग्रेसले उहाँलाई विश्वासकाे मत दिने निर्णय गरिसकेकाे छ । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
नेकपा एमाले सहितको समर्थनमा पुस २५ गते वाग्मतीकाे मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेलले पुस २६ गते शपथ लिनुभएकाे थियाे । उहाँलाई एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी ७ र हाम्रो नेपाल पार्टीका गरी ७० प्रदेश सभा सदस्यले समर्थन गरेका थिए ।
एमाले केन्द्र सरकारबाट बाहिरिइसकेकाे छ । तर प्रदेश सरकारबारे कुनै निर्णय गरेकाे छैन ।
१ सय १० सदस्यीय वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, कीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।
