काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासकाे मत पाउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कट्टेलले विश्वासकाे मत पाउनुभएकाे हाे । प्रदेश सभामा कुल ९१ जना सांसद् उपस्थित भएकाेमा उहाँकाे पक्षमा ६७, विपक्षमा १७ र मत दिन्न भन्ने पक्षमा ७ मत परेको सभामुख भुवन पाठकले घोषणा गर्नुभयाे ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले संविधानबमोजिम दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिनुभएकाे हाे । तत्कालीन गठबन्धनमा रहेकाे नेकपा एमाले पनि आजै सरकारबाट बाहिरिएकाे छ ।
